site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विमान दुर्घटनाबारे छानबिन आयोगको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्छाैं : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गरिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सरकारले दुर्घटनाको छानबिनका लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरू उठेको उल्लेख गरे । चौतर्फीरूपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रिपरिषद्ले छानबिन आयोग बनाएको उनको भनाइ छ ।

"सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि सरकारले आयोग बनाएको छ । तर, चारैतिरबाट प्रश्नहरू आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरू किन पटक–पटक किन दोहोरिरहन्छ ? सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरू अभिशप्त हुन्छ । कारण के हो ? सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन ? सम्बन्धित निकायहरूले किन अपनाउन सकेनन् ? यसका व्यवस्थापकीय कमजोरी हुन् कि, प्राविधिक कमजोरी हो ? मानवीय लापरबाही हो कि ? भन्ने ढंगका प्रशस्त प्रश्नहरू आइरहेका छन्," उनले भने ।

विगतमा पनि अध्ययन समिति बन्ने तर प्रतिवेदन कार्यान्वयन नहुने गरेको बताउँदै उनले यसपटक आयोगबाट आएको निष्कर्ष शतप्रतिशत कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro