site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पसलमा चोरी गर्न लागेको आरोपमा भारतमा चार नेपाली पक्राउ

बेंगालुरु । भारतको  बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

उनीहरु सबै नेपालका भएको जनाइएको छ । पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ । 

उनीहरु राति १.१५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए ।

सबै यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । त्यसपछि उनीहरु सुरक्षा गार्ड र ज्यालादारी कार्यमा पनि संलग्न हुँदै आएको बताइएको छ ।  गएको जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेकोमा उनीहरुको साथबाट चार किलो चाँदी, ल्यापटप र मोबाइल फोन बरामद गरिएको जनाइएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro