site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृष्णमान प्रधानमाथि तेर्सियो समितिमा प्रश्नैप्रश्न 

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानमाथि सांसदहरूले नैतिकताको प्रश्नैप्रश्न तेर्स्याएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठक बसेको थियो । उक्त बैठकमा सांसदहरूले प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि नैतिकताको प्रश्न उठाएका हुन् । 

प्रधानमाथि यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी परेको थियो । नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन् । अन्य तीन आरोप पनि यस्तै प्रकृतिको थियो । प्रधानले ‘काम लगाइदिने बहानामा बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको’ भन्दै अर्को उजुरी समितिमा परेको थियो । 

उक्त उजुरीमा इच्छा विपरीत यौन सम्पर्क गरेको र घटना मिलाउन एक करोड रुपैयाँ दिएको पनि उल्लेख गरिएको छ । यो घटना २९ भदौ २०८० मा काठमाडौं जिल्ला अदालतमा मिलापत्र भएको पनि उजुरीमा संलग्न गरिएको छ । 

समितिमा उजुरीकर्तासँग पनि यसअघिकै बैठकमा छलफल भएको थियो । सोही आधारमा पनि सांसदहरूले उनीमाथि प्रश्नैप्रश्न अघि सारेका थिए ।

बुधबारको समिति बैठकमा नेकपा (एमाले) सांसद इश्वरी घर्तीले निर्वाचन आयोगमा जान अयोग्य भनि उजुरी परेको छनि भन्दै प्रश्न गरिन् ।  उनले १ करोड २५ लाख दिएर घटना मिलापत्र गरिएको भन्दै उच्च नैतिक चरित्रवान कसरी हुन्छ भन्दै प्रश्न गरिन् ।

छलफलमा सहभागि सबै सांसदहरूले प्रस्तावित आयुक्त प्रधानमाथि नैतिकताको प्रश्न उठाइरहे । 

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानको विषयमा सांसद रवर स्ट्याम्प बन्न नहुने विषय उठान गरे ।  उनले सुनुवाइ समितिको सुनुवाइ प्रक्रियामा रिभ्यु गर्नुपर्ने  बताए ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौंलाले चार जनाको उजुरी एकै प्रकारको भन्दै प्रधानबाट उच्च नैतिकताको खोज गरे । “संविधानले खोजेको उच्च नैतिकता छ उजुरी उच्च नैतिकता हो कि होइन ? अनुमोदन गर्दा यो समितिले ठिक गरेको हुन्छ कि हुँदैन ?‚” उनको प्रश्न थियो ।  

यस्तै नेपाली कांग्रेस सांसद इश्वरी न्यौपानेले पनि उजुरी आइसकेपछि समितिको दायित्व सुनुवाइ हुनुपर्ने भन्दै निवेदन नं ४ को नै उक्त प्रकरणले घर नै तहसनहस भएको जिकिर गरिन् । 

यस्तै नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले पनि सबै कुरा कानुनीमात्र नहुने भन्दै ‘उजुरीबारे तपाईंको भनाइ के हो ?’ भन्दै त्यसपश्चात् बाँकी विषयमा छलफल र बहस गर्न सकिने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले ०७९ साउन २५ मा २५ लाखको चेक दिएको देखिएको र गणेशमान श्रेष्ठको नाममा ५०-५० लाख गएको देखिएकाले आयको स्रोत पुष्टि गर्न चुनौती दिए । सांसदहरू लिलानाथ श्रेष्ठ, जगप्रसाद शर्मा, आनन्द ढुंगाना, श्याम घिमिरेले पनि नैतिकतामा प्रश्न उठाए । 

जवाफमा प्रधानले आफूले उजुरीबारे सञ्चारमाध्यमबाट थाहा पाएको बैठकमा जानकारी दिए । 

उनले अदालत र कानुनको माध्यमबाट सेटल भइसकेको विषयमा बोल्न जरूरी नरहेको उल्लेख गरे । साथै उनले अदालतमा मिलापत्रमा अब उपरान्त कहिँकतै उजुरी गर्दिन भनेपछि समितिमा आएर उजुरी गर्नु कानुन सम्मत नभएको उल्लेख गरे । 

“अदालतबाट विवाद निरूपण भएपछि अदालती प्रकृयाबाट पुनरवलोकन गर्नुपर्ने हो । कानुन बाहिर गएर रि ओपन गरे यसको सेटलमेन्ट कहिले हुने हो ?‚” उनले भने‚“विवाद निवारण भएपछि पुन: छलफल गराउनु कानुन सम्मत हो र ?”

नैतिकताबारे उठाएको प्रश्नमा उनले जवाफ दिए- “उच्च नैतिक चरित्रमा प्रश्न राख्नुभएको छ - उच्च नैतिक चरित्र भएको हो कि हैन भन्ने विवाद नभइ प्रश्न गर्नु कानुन संवत हो र ? उहाँ स्वयम्ले मिलापत्र डकुमेन्टमा भन्नुभएको छ कि मिलापत्र अघिको जति पनि घटना छ त्यो मिलेको छ ।”

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro