site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘देवी’का दुई पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो । 

दुई मुख्य कलाकारको पोस्टर सार्वजनिक गरिएको हो । निर्माणपक्षले गौरव पहारी र नाजिर हुसेनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । 

सञ्जोग राईले निर्देशन गरेको चलचित्रले क्राइम थ्रिलर कथा भन्नेछ । सिनेमा भदौ २१ गते रिलिज हुनेछ ।

चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा पर्दामा देखिनेछन् । अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro