site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्नु गलत : सांसद बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत् वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

डेडिकेटेड र ट्रंकलाइन विद्युत् वक्यौता समाधानमा विधि र नियमभन्दा बाहिर गएर काम गरिरहेकोमा आपत्ति जनाए । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलत बाटोबाट गएको भन्दै सचेत गराए । 

"डेडिकेटेड र ट्रंकलाइन विद्युत् वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरू पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो । कुरा सुशासन र विधि, नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत सचेत गराउन चाहन्छु । नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ," उनले भने । 

उनले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro