site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मौद्रिक नीतिले निजी क्षेत्रको चासो सम्बोधन गर्नुपर्छ : पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति निजी क्षेत्रको चासो सम्बोधन गर्ने गरी ल्याउनुपर्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग उनले निजी क्षेत्रले संकुचनको महसुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् ।

“...वित्तीय नीति र मौद्रिक नीति एकार्काका पूरक हुन् । त्यही रूपले आउनुपर्छ । समयमै आउनुपर्छ,” उनले भने, “खासमा अहिले निजी क्षेत्रले संकुचनको महसुस गरिराखेको छ, केही कडाइको महसुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

घरजग्गा र सेयर कारोबारका अप्ठ्यारा फुकाउनुपर्नेमा उनले जोड दिए । लगानीयोग्य पुँजी बैंकमा थुप्रिएर बसेको भन्दै उनले मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । “घरजग्गा कारोबार, सेयर कारोबारमा रहेका क्यापिङहरू, अप्ठ्याराहरूलाई फुकाउनुपर्छ,” उनले भने, “लगानीयोग्य पुँजी पर्याप्त छ, बैंकहरूमा थुप्रिएर बसेको छ । त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पुर्‍याउनुपर्छ ।”

नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेप गर्न नहुने उनले उल्लेख गरे । “राष्ट्र बैंकले स्वतन्त्र ढंगले निजी क्षेत्रका चासोहरूलाई सम्बोधन गरोस् । सरकारले लिएको लिएको वित्तीय नीतिलाई समर्थन गर्ने ढंगले आओस् । यसमा कुनै स्वार्थ समूह हाबी नहोस्,” उनले भने । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro