site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुष्पलाललाई सांसदले पुष्पकमल भनेपछि...

काठमाडौं । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफ्नो उच्चारण सच्याउँदै पछि पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल...पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,” उनले भने ।

त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट–२ मा भएको घटनाबारे बोल्न थालेसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए ।

“म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन...” उनले भने । उनले यति बोल्दा बोल्दै माइक काटियो ।

पाण्डेको आपत्तिपछि सभामुख देवराज घिमिरेले त्यसबारे प्रस्ट पार्न साहलाई निर्देशन दिए । “वक्ता माननीयज्यू, तपाईंले बोलेको पुष्पकमल दाहालमाथि आपत्ति आयो, तुरुन्त प्रस्ट गर्नुस् अनि आफ्नो कुरा राख्नुस्,” सभामुख घिमिरेले भने । 

त्यसपछि नेकपा (एमाले)का सांसद साहले बोल्दा उच्चारण गलत भएको भन्दै माफी मागे । “सम्माननीय महोदय, मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकाले क्षमा माग्न चाहन्छु,” उनले भने ।

त्यसपछि सभामुखले उनलाई थप धारणा राख्न समय दिए । संसद्को कारबाही नियमित रूपमा अघि बढाइयो ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro