site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुखलाई मानव तस्करको आरोप लगाइएकामा रवि लामिछानेको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले आरोप लगाउँदा सोच्न आग्रह गरे ।

“यो सदन यति आरोप–प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो । आज सिंगो जीवन जेलमा परेका बाबुआमाका सन्तानलाई न्याय दिएर सयौँ, हजारौँ बालबालिकालाई जीवन दिने इन्दिरा रानामगरलाई एउटा विषय आउनेबित्तिकै यो सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयौँ हामी । विरोध गर्न पाइन्छ,” लामिछानेले भने, “कस्तो आरोप कसमाथि लगाइएको छ, एकपटक सोची त हेरौँ । विषय उठेको छ, प्रमाणित भएको छैन ।”

Dabur Nepal
NIC Asia

उनले समाजमा मन्त्री, प्रधानमन्त्रीलाई भेटाइदिन्छु भन्दै पैसा असुल्ने बिचौलियाको बिगबिगी भएको जिकिर गरे । केही लाखका निम्ति उपसभामुख रानाले रुनु नपर्ने उनको भनाइ थियो ।

“इन्दिरा रानामगरले सञ्चालन गर्नुभएको संस्थामा केही लाखका लागि उहाँले रुनु पर्दैन । संसारका एक से एक संस्थाहरूले त्यो पवित्र ठाउँमा लाखौैँ, करोडौँ पैसा एक वचनमा डोसेन दिएको उदाहरण छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro