site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनका लागि 'स्टन्ट' गर्दैनौँ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीपीडितको समस्या समाधान गरिने बताएका छन् । उनले सहकारी ठगीमा संलग्न जो सुकैलाई पनि कारबाही गरिछाड्ने जानकारी दिए । 

आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन हुने भन्दै सुशासन स्थापनाका लागि स्टन्ड नगर्ने जानकारी दिए । “दुनियाँको अघि सुनिए गरी भन्दैछु भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहदैनौँ कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ । यस्तो विषयको छानबिन अनुसन्धान गर्छौँ,” प्रधानमन्त्री ओलीले भने, “यसमा ढुक्क भए हुन्छ । भ्रष्टाचारीलाई एकदिन कानुनको कठघरामा पुग्ने छ भन्ने भाष्य समाजमा निर्माण गर्नेछौँ ।”  

उनले सहकारीपीडितको समस्या समाधान गर्ने भन्दै थपे, “सहकारीपीडितलाई उचित निर्णय लिन्छौँ, जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ । सुशासनको लागि स्टन्ट हैन सही इन्टेन्सन चाहिन्छ ।” 

उनले आफूलाई अग्लो देखाउने नाममा अरुलाई नहोच्याउने भन्दै थपे, “आफू गोरो देखिन अरुको अनुहारमा हिलो छ्याप्दैनौँ ।”

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्