site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मानव तस्करी गरेको उपसभामुखको पत्रले बोल्छ : सांसद पौडेल

काठमाडौं । नेकपा (एमाले)का सांसद दामोदर पौडेलले उपसभामुख इन्दिरा रानामगरको पत्र नै मानव तस्करी गरेको प्रमाण भएको जिकिर गरेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले उपसभामुखले भिसाका लागि सिफारिस गरेको पत्र मिडिया ट्रायल नभएको दाबी गरे । “मिडिया ट्रायल हो कि के हो पत्र आफैँ बोल्छ । स्वयं उपसभामुखको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले,” उनले ठोकुवा गरे, “लेनदेन छ भन्ने विज्ञप्तिमा आयो । यस्तो उपसभामुख चाहिएको होइन । संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छे अनेक नाममा लेटरप्याडको प्रयोग गरेर अनेकौँ नाममा मान्छे बेचबिखन गर्ने । उहाँलाई करुणा जाग्यो...।” 

इजरायलको घटनामा, रुसमा नेपालीको मृत्यु हुँदा, भारतमा मान्छे अलपत्र पर्दा विज्ञप्ति आयो भनि प्रश्न गरे । सरोकार नराख्ने मानिसका लागि भिसाको सिफारिस गरेको भनि प्रश्न गरे । संसद्ले नछाड्ने चेतावनी पनि दिए । “महिलाहरूको सम्मेलनमा जान पुरुषलाई सिफारिस गरियो । के हो यो ? दुरुपयोग नगर्नुस् । अरु काण्ड यसमा नजोड्नुस् । सरकारले छानबिन गर्ने आफ्नो ठाउँमा छ । हामी छोड्नेवाला छैनौँ,” उनले भने । 

रास्वपाको विज्ञप्ति आपत्तिजनक र आशंकित पार्ने खालको भएकाले तुरुन्त छानबिन गर्न ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro