राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार (भोलि) मध्याह्न १२ बजेका लागि देउवाले पार्टी संसदीय दलको बैठक बोलाएका हुन् ।
कांग्रेसले संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिँदै छन् ।
आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ ०९:५२
प्रतिक्रिया दिनुहोस्