site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन् 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो ।  

शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन नजोड्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जानकारी दिए । 

यसअघि प्राधिकरणले १५ दिनमा डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई पत्र पठाएको थियो । तर, कुनै पनि उद्योगीले महसुल नबुझाएपछि प्राधिकरणले असार २५ गतेदेखि लाइन काट्न सुरु गरेको थियो । 

प्रथम पटक प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । दोस्रो चरणमा प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटिदिएको थियो । तेस्रो पटक जगदम्बा स्टिलको विद्युतको लाइन काटेको थियो । 

प्राधिकरणले लाइन काट्न सुरु गरेपछि उद्योगीहरूले उद्योगको लाइन आफैँ काट्ने निर्णय गरेपछि विवाद बढेको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro