site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले  विश्वासको मत नदिने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँचजनाले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २३:१४
प्रतिक्रिया दिनुहोस्