site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ दिने तालिका : संसद् ६, तीन दिन समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार (आज) सिंहदरबारमा बसेको बैठकले आगामी साउन १५ गतेसम्मको प्रतिनिधिसभाको तालिका निर्धारण गरेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएर अघि बढ्ने उनले बताए । “आजदेखि १५ गतेसम्मका बैठक कुन–कुन दिन गर्ने ? समितिमा रहेका विधेयकहरूलाई काम गर्न समय कसरी मिलाउने भन्नेमा छलफल भयो,” उनले भने । 

साउन ६, ७ र ८ गते संसद्को बैठक बस्नेछ । त्यसपछि ९, १० र ११ गते समितिहरूको बैठक बस्ने गरी समय निर्धारण गरिएको उनले बताए । त्यस्तै, १३, १४ र १५ गते पनि संसद्को बैठक बस्ने गरी कार्यतालिका बनाइएको छ । 

शुक्रबार (भोलि) १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय अनुमोदन गरिने उनले जानकारी दिए । समितिमा भएका विधेयकमा छलफल चलाएर छिट्टै संसद्‌मा ल्याउने वातावरण बनाउने विषयमा पनि छलफल भएको छ । 

त्यस्तै, समितिका सभापतिहरू मन्त्री बनेकाले खाली भएको समितिमा दलका प्रतिनिधिलाई छिट्टै पठाउन सभामुखले आग्रह गरेका छन् । संयुक्त समितिलाई अविलम्ब टुंग्याउन पनि आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro