site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अपरेसनअघि चन्द्र भण्डारीले भने– नेतृत्वले परिपक्व निर्णय गरेन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका छन् । दायाँ हातको कान्छीऔँला बांगो भएका कारण त्यहाँ उनको अपरेसन गर्न लागिएको हो । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा जलनको उपचार गराएर केही समयअघि उनी फर्किएका थिए ।

कांग्रेस नेता डा. शेखर कोइराला भण्डारीलाई भेट्न बुधबार (हिजो) उनकै निवासमा पुगेका थिए । राजनीतिक कारण नभएर आफ्नो स्वाथ्योपचारका विषयमा मात्र भेट्न आएको उनले बताए ।

आफू मन्त्रीको आकांक्षी नै नभएको भन्दै उनले मिडियाले विभिन्न व्यक्तिसँग कुरा गरेर हचुवामा नाम मात्र लेखिदिएको जिकिर गरे । नयाँ सत्तासमीकरणबारे सभापति शेरबहादुर देउवालाई सुझाव भने दिएको उनले सुनाए ।

“सत्ता गठबन्धनमा हामी एमालेसँग छौँ । प्रचण्डलाई ह्यान्डल गर्न जति सजिलो थियो, केपी शर्मा ओलीलाई ह्यान्डल गर्न त्यतिकै सजिलो छैन,” डा. भण्डारीले बाह्रखरीसँग भने, “त्यसका लागि काम गर्न सक्ने, ओलीसँग डटेर तर्क गर्न सक्ने र आफ्ना तर्कमा कन्भिन्स गरेर अघि बढ्न सक्ने व्यक्ति पठाउनुपर्छ भनेको थिएँ । तर, सभापतिजीले त्यो गर्नु भएन ।”

उनले सत्ता हस्तान्तरणको विषय समेत पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको प्रभावकारितामा निर्भर रहने बताए । “सत्ता हस्तान्तरण नहुने नेपालको स्थापित खराब प्रवृत्ति हो,” उनले भने, “भोलिका दिनमा पनि त्यो संकट आउने जोखिम टरेको छैन । त्यस्तो जोखिम वहनका लागि कांग्रेस नेतृत्वले परिपक्व निर्णय अहिलेदेखि नै गर्नुपर्थ्यो, त्यो गरेको छैन ।”

आफू पद नपाए पार्टी वा नेतृत्वलाई समस्यामा पार्छु भनेर धम्की दिने पात्र नभएको उनले बताए । नेतृत्वले पार्टी र देशको हितमा काम गर्ने ल्याकत भने राख्नुपर्नेमा उनले जोड दिए ।

“कांग्रेस र एमालेकोे सरकार बनिसक्यो, यो सरकार पनि सफल भएन भने कसलाई दोष दिने ? नागरिकको निराशा चिर्न सकिएन भने विकल्प के हुन्छ ?,” भण्डारीले भने, “योभन्दा शक्तिशाली विकल्प अहिलेका लागि छैन । यस्तो होे भने यसलाई सफल बनाउन नेताहरू लाग्नुपर्ने हो । राम्रा मान्छे छान्नुपर्ने हो । तर, हाम्राकै खोजी गरेर परिणाम हात लाग्दैन ।”

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro