site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री पौडेल भन्छन्– अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिनँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री भित्रिएसँगै बधाई दिन आउनेको घुइँचो छ । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् । 

मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको समय दिउँसो २ बजेपछि मात्रै निर्धारण गरेका छन् । सरुवाको अनुरोध गर्ने कर्मचारीलाई उनले ‘अहिले कर्मचारी नचलाउने’ जवाफ दिने गरेका छन् । 

मन्त्री पौडेलले पदभार ग्रहणकै क्रममा सञ्चारकर्मीहरूसँग अनावश्यक सरुवा, हेरफेरमा नलाग्ने भनेका थिए । बरु, मन्त्रालयका विज्ञको सल्लाहअनुसार अघि बढ्ने बताएका थिए । 

“म अहिले कर्मचारीको सरुवाबढुवा हेरफेरमा लाग्दिनँ, त्यो मेरो प्राथमिकता पनि होइन । म काम गर्न आएको हुँ, काम गरेर देखाउँछु । विज्ञ कर्मचारीहरूको सल्लाहअनुसार अघि बढ्छु,” मन्त्री पौडेलले भनेका छन् । 

यसअघिका मन्त्रीहरूले आफ्ना अनुकूलका कर्मचारी हेरफेरलाई प्राथमिकतामा रोखेको देखिन्छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro