site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको प्रश्न– 'भ्रष्टाचारमा मुछिएका' मन्त्रीबाट सुशासनको अपेक्षा कसरी गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नवगठित सरकारको समावेशिताप्रति प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद गौतमले मन्त्रिपरिषद्‌मा संविधानले सुनिश्चित गरेअनुरूपको महिलाको प्रतिनिधित्व नभएको बताइन् ।

त्यस्तै, उनले दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै उनले सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? भनी प्रश्न गरिन् ।

उनले स्वार्थको द्वन्द्व हुने खालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।

"सरकारले यो विषयमा पनि हामीलाई जानकारी दिनुपर्छ । नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र त्यहाँमाथिको रजगजबारे सरकारको धारणा के छ ? भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा हामीले कसरी गर्ने ? योबारे पनि सरकारले हामीलाई स्पष्ट पारिदेओस् । हाम्रो गम्भीर चिन्ताको विषय हो," उनले भनिन् ।

उनले मन्त्रीहरूलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह पनि गरिन् । सांसद गौतमले समृद्धि र सुशासनको मुद्दामा आफूहरूको पूर्ण सहयोग हुने र भ्रष्टाचारको मुद्दामा निर्मम भएर खरो उत्रिने बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro