site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेबाट को–को बन्दै छन् मन्त्री ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रीका विषयमा चर्चा चुलिएको छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ ।

एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ । स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।

यस्तै, यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।

“अहिलेसम्म छलफलमा टुंगिने क्रममा यी नाम छन् । शपथसम्ममा प्रधानमन्त्रीले हेरफेर गर्ने सम्भावना नकार्न सकिँदैन,” स्रोतले बाह्रखरीसित भन्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार (भोलि) बिहान ११ बजे उनले पद तथा गोपनीयताको शपथ लिने गरी राष्ट्रपतिको कार्यालयले समय निर्धारण गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro