site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ढोका 
SkywellSkywell

भित्र पस्दा होस् या बाहिर निस्कँदा 
पालेझैँ ठिंग उभिएको छ ढोका
हुन् त उहिल्यै राजा–महाराजाको पनि 
सुरक्षा गरेको थियो ढोकाले ।

ढोका बन्द गरेर 
ढुक्क हुन्छन् मान्छे 
अनि, हुन्छन् सर्वांग नांगो 
बाथरुम, बैठककोठा र बेडरुमका 
ढोका बन्द गरेर गर्छन् 
गर्न हुने नहुने !

Dabur Nepal
NIC Asia

जसरी
प्रधानमन्त्री र राजदूत 
मन्त्री र ठेकेदार 
न्यायाधीश र वकिल 
प्रहरी र तस्कर 
गोप्य कोठाको ढोका बन्द गरेरै 
गर्छन् संवाद । 

ढोकाले हेर्न हुने नहुने सबै हेर्छ 
सुन्न हुने नहुने सुन्छ 
देख्न हुने नहुने देख्छ ।

झुपडीमा होस् या महलमा 
ढोका चुपचाप उभिइरहन्छ 
भित्र हुँदा होस् या बाहिर जाँदा
ढोका थुनेपछि ढुक्क हुन्छन् मान्छेहरू ।

साह्रै इमानदार छ ढोका
शासकले झैँ कुनै दिन 
इमानदारिता गुमायो भने ढोकाले 
के म सुरक्षित रहुँला ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu