site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा ३२ जनाको मृत्यु

गाजा । इजरायली आक्रमणले गाजापट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।

युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा पुग्ने दिशामा वार्ता जारी रहँदा तटीय क्षेत्रको उत्तरदेखि दक्षिणसम्म लडाइँ जारी छ ।

हमासका लडाकुले अक्टोबर ७ मा कम्तीमा एक हजार २०० जनाको ज्यान लिने गरी दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमण र २०० भन्दा बढी बन्धक बनाएपछि जवाफमा इजरायलले गाजा क्षेत्रमा हमासविरूद्धको कारबाही सुरू गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाद्वारा निरन्तर गरेको आक्रमणको पछिल्लो श्रृङ्खलामा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

हमास निकटस्थ सञ्चारमाध्यमले उत्तरमा गाजा सहर, मध्येक्षेत्रमा नुसिरात शरणार्थी शिविर, दक्षिणमा खान युनिस र रफाहका धेरै स्थानमा ७० भन्दा बढी हवाई आक्रमण भएको रिपोर्ट गरेको छ । इजरायली सेनाले शुक्रबार इजिप्टको सीमा नजिकै रहेको रफाहमा सेनाले अपरेसन जारी राखेको बताएको छ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro