site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को पत्र पुगेपछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्ने, आजै दाबी प्रस्तुत गर्ने तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को विश्वास गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रियाका लागि बाटो खुलेको छ । संसद्ले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाएको पत्र केही बेरमै राष्ट्रपति कार्यालयमा पुर्‍याउने तयारी गरेको छ ।

पत्र पुगेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिबाट आह्वान भएपछि आजै दाबी प्रस्तुत गर्ने कार्यसूची रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार राष्ट्रपतिले आह्वान गरेसँगै गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी प्रस्तुत हुनेछ । दाबीपछि आजै प्रधानमन्त्रीको नियुक्ति हुने र शनिबार शपथ ग्रहण गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डले संसद्मा शुक्रबार राखेको विश्वासको मत माग्ने प्रस्तावका पक्षमा जम्मा ६३ मत मात्र परेको थियो । विपक्षमा १९४ मत परेसँगै उनी स्वतः पदमुक्त भएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro