site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको प्रश्न– राष्ट्रिय सहमति भए मध्यरातमा किन गरियो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए ।

Dabur Nepal
NIC Asia

“बेचन झालगायतको गिरफ्तारी हुन थाल्यो र यो प्रक्रिया अघि बढ्यो । यो जनतामा स्थापित विषय हो भन्ने बुझाइ छ,” उनले भने ।

उनले कांग्रेस–एमालेबीच षड्यन्त्रपूर्ण ढंगले सहमति भएको पनि बताए । उनले दुई दलबीच भएको सहमतिलाई अहिलेसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न पनि गरे ।

“समय त मध्यरातकै थियो, छलछाल षड्यन्त्रपूर्ण थियो भन्ने देखिन्छ । आजको दिनसम्म सहमतिमा के थियो ? कहाँ गयो ? किन लुकाएको ? छलछाम गरेर राष्ट्रिय सहमति हुँदैन । अझ नैतिकताको कुरा गर्ने ?,” पाण्डेले प्रश्न गरे ।

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सरकारले प्रयास गरे पनि विभिन्न अवरोध खडा गरेर पूरा हुन नसकेको बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक दल विशेषको नभएको भन्दै सबै मिलेर टुंगोमा पुर्‍यानुपर्ने बताए ।

उनले सहिदहरूको संख्या थप्ने निर्णय स्वागतयोग्य भन्दै यसलाई अझ प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro