site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्ल्यान्ड दोस्रो पटक फाइनलमा, उपाधि भिड्न्त स्पेनसँग 

काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले निर्णायक गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको यो अग्रता लामो समय टिक्न सकेन । १८औँ मिनेटमा कप्तान ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इंग्लिस टिम खेलमा फर्किएको थियो । नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले १८ यार्ड बक्सभित्र ह्यारी केनमाथि नै फाउल गरेपछि इंग्ल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी जितेको थियो । जसमा केनले कुनै गल्ती गरेनन् । 

निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रतामा राखे । कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे । इंग्ल्यान्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो । वाट्किन्सले ८१औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए ।

वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । 

त्यसअघि खेलको ८०औँ मिनेटमा बुकायो साकाले गोल गरे पनि भारबाट खारेज हुँदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो । 

इंग्ल्यान्डले अब उपाधिका निम्ति स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

इंग्लिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको हो । सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको भए पनि इंग्ल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro