site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमला नदीमा बाढी, चेतावनी जारी
फाइल तस्बिर ।

काठमाडौं । सिन्धुलीमा कमला नदीको जलसतह मंगलबार खतरा तह आसपास पुगेको छ । वर्षासँगै सिन्धुलीको बेलसोत जलमापन केन्द्रमा कमला नदीको बहाव सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीको बहाव बढ्दो क्रममा छ । सिन्धुली, धनुषा र सिरहामा आज साँझसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“असार २५, बिहान ०९ः१५ बजे । कमला नदी, बेलसोत सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी खतरा तह आसपास र बढ्दो क्रममा छ । सिन्धुली, धनुषा र सिरहाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरू साँझसम्म सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro