site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद शाहीको प्रश्न– फाइल खोल्छु भनेपछि पद गयो रे, कहिलेसम्म जनतालाई भ्रमित पार्ने हो ? 

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भनेर भोट मागेको होइन ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १२४ दिन सरकारमा हुँदा खै हत्यारा पत्ता लगाएको ? भन्दै थप प्रश्न गरे । जीबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्री लामिछानेलाई सदनमा फूलमाला लगाएर स्वागत गर्ने उनले उद्घोष नै गरे ।

उनले गृहमन्त्री लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको टिप्पणी गरे । “ठ्याक्कै कपी गर्नुभएको छ गृहमन्त्रीले । हुन त सँगसँगै हुनुहुन्छ सरकारमा,” उनले भने, “फाइल खोल्ने भनेपछि मेरो सरकार ढाल्यो रे ! अझै सात दिन छ, फाइल खोलौँ । झ्याम कि झ्याम पक्रेर जेल हालौँ । हामी साथ र सहयोग गर्छौँ ।”

उनले फाइल खोल्नुस् न भन्दै जनतालाई कहिलेसम्म भ्रमित पार्ने भनी प्रश्न गरे । उनले क्यान्टोनमेन्ट घोटालामा कसको संलग्नता छ, रोस्ट्रममा उभिएर जवाफ दिन गृहमन्त्रीलाई अनुरोध गर्दै भने, “पुरानाले देशलाई ३३ वर्षदेखि लुटे, यिनीहरूका विरुद्ध सडक र संसद्बाट खडा हुनुपर्छ भनेर जनताले जनमत दिएको हो ।”

उनले संविधान संशोधन र परिवर्तन गर्नुपर्ने भन्दै संविधान गीता, कुरान, बाइबल नभएको उल्लेख गरे । संविधान देशको हितमा भए अघि बढाउने र नभए धाराहरू हटाएर उपयुक्त बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro