site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा बाढीमा परी एकको मृत्यु, एकजना बेपत्ता : दर्जनौँ घर डुबानमा
राप्ती नदीमा फसेकाको उद्धारको दृश्य । तस्बिर : सशस्त्र प्रहरी बल ।

दाङ । दाङमा बाढीमा परी एकजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।

शनिबार खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एकजनाको मृत्यु भएको हो । गढवा–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एकको मृत्यु र दुईजनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

खोलाले ट्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको हो । ट्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उनले जानकारी दिए ।

यस्तै, शनिबार बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता छन् । दूध बिक्रीका निम्ति लमही आएका राजपुर–२ का १८ वर्षीय राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

दूध बेचेर लमहीबाट फर्कंदै गरेका राजपुर–२ का तीनजना लमही नगरपालिका–७, हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

अविरल वर्षाका कारण लमही–७ हस्नापुर, राप्ती गाउँपालिका–५, लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरीले डुबानमा परेकाको उद्धार गरिरहेको छ ।

सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro