site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनको एजेन्डा राप्रपाको हो, सरकारबारे विचार गर्छौँ : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गरेका छन् । राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताए ।

संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उनले उल्लेख गरे । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उनले बताए ।

नयाँ सत्तासमीकरणमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सहभागी गराउन सके राम्रो हुने उनको सुझाव छ ।

दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

नयाँ राजनीतिक घटनाक्रमबारे अध्यक्ष लिङदेनले बाह्रखरीसित व्यक्त गरेको भनाइ पढ्नोस्–
संविधान संशोधनचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुदेखि नै यो संविधानका केही मूलभूत कुराहरूमा परिवर्तन र सुधार नगरीकन जस्तोसुकै सरकार बने पनि, जसको नेतृत्वमा सरकार बने पनि स्थायित्व प्राप्त हुँदैन भनेर भनिरहेको हो । अलिअलि फरक पर्ला, तर तात्त्विक फरक पर्दैन भनेकै हो । संविधान सुधार गर्नुपर्छ, प्रणालीमा समस्या छ भन्दै आएका हौँ । त्यो विषयमा अब बन्ने सरकार अघि बढ्यो भने त हामीले विचार गर्छौ । हामी सरकारमा नगएर पनि समर्थन गर्न सक्छौँ । गएर पनि सरकारलाई समर्थन गर्न सक्छौँ । मूलभूत कुरा संविधान संशोधनको हो । तर, सरकारको उद्देश्य के हो ? किन यो सरकार बन्यो ? प्रस्ट रूपमा त्यो कुरा बाहिर आउनुपर्छ ।

पहिलो कुराचाहिँ सरकारको स्थायित्वको लागि कांग्रेस–एमाले मिलेर बनाउँदा राम्रो हुन्छ भनेर पहिलेदेखि मैले प्रस्ताव गर्दै आएको थिएँ । अझ माओवादीलाई पनि मिलाए राम्रो हुन्छ । अझ स्वतन्त्र पार्टीलाई मिलाए पनि राम्रो हुन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro