site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुक विदेशीको चक्रव्यूहमा फस्यो : सीपी मैनाली
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले मुलुक विदेशीको चक्रव्यूहमा फसेको टिप्पणी गरेका छन् । दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको उनको जिकिर थियो ।

शनिबार काठमाडौंमा पुष्पलाल अध्ययन समाजले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकलाई विदेशीको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिस्ट पार्टीले आफ्नो विगतको समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभएको उनले उल्लेख गरे । कम्युनिस्टले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बनाउन सक्ने उनको भनाइ थियो ।

महासचिव मैनालीले नेपालमा कम्युनिस्ट शक्तिबीच एकता भइहाल्ने अवस्था नरहेको पनि बताए ।

Global Ime bank

उक्त कार्यक्रममा सीपी मैनालीको भनाइ पढ्नोस्–
अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरू हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिनँ, तर अहिले तत्कालै एउटा फेरि एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरू, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान्, अहिले मैले भन्न पाइनँ । अहिले मुलुक विदेशीहरूको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जानसक्छ । देशमा जनसत्ता आउन सक्ला र पुँजीवादविरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सिर्जना हुन सक्ला । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय