site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रूपमा हुने २५ अर्ब घोटाला रोकेको छ : मोहन बस्नेत
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको जिकिर गरेका छन् । 

टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको भन्दै उनले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको दाबी गरे । आफूले आँट गरेर सो विधिको सुरुआत गरेको बताउँदै आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उनले उचित समयमा आफूले बोल्ने बताए । 

टेरामक्सबारे सदनमा सांसद बस्नेतले भने, “टेरामक्समा तीनजना सांसदहरूको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरूदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु । यति कुरा म सदनमा राख्न चाहन्छु, टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरि यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन । नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ । यदी यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भीओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ? संसारभरि विधि हुने यहाँचाहिँ विधि नहुने के हो त ? मैले आँट गरेर यो विधि सुरुआत गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला । टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro