site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिधाकुराविरुद्धको अवहेलना मुद्दाको फैसला नौ न्यायाधीशको बृहत् पूर्ण इजलासले गर्ने 

काठमाडौं । सिधाकुराविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको फैसला गर्न नौ सदस्यीय बृहत् पूर्ण इजलास बन्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित दुई वरिष्ठ न्यायाधीश रहेको पेसी व्यवस्थापन निर्देशन समितिले सिधाकुराविरुद्धको अवहेलना मुद्दाको फैसला नौजना न्यायाधीश रहेको बृहत् पूर्ण इजलासले गर्ने निर्णय गरेको हो । 

“नौजना न्यायाधीश रहने निर्णय पेसी व्यवस्थापन निर्देशन समितिबाट भइसकेको छ,” सर्वोच्च अदालतको सूचना अधिकारी गोविन्द घिमिरेले बाह्रखरीसँग भने, “इजलासको मिति तोकिएको छैन । सम्भवतः यो साउन लागेपछि मात्र हुन सक्छ ।”

सर्वोच्चमा संयुक्त इजलासबाट भएको सुनुवाइपछि बृहत् पूर्ण इजलासमा पठाउन पुनः दर्ता प्रक्रिया अघि बढाउनुपर्छ । सर्वोच्चमा त्यो दर्ता प्रक्रिया हुँदै गरेको प्रवक्ता बेदप्रसाद उप्रेतीले जानकारी दिए । 

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर पहिलो पटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट  प्रकाशित गरेका थियो । ‘४०० बढी भ्रष्टाचार डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अप्रेसन’ नाम दिएर सार्वजनिक सामग्रीमा ४३ वर्ष लामो न्यायाधीश करियरमा विवादमै नआएका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम जोडिएको थियो । त्यसबाहेक विवादित भएर महाभियोगसहित सर्वोच्चबाट विदा भएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसहितको नाम लिइएको थियो । 

अन्नपूर्णपोष्टको केन्द्रीय कार्यालय तिनकुनेमा भएको सम्वाद भन्दै सार्वजनिक अडियोमा अख्तियारले आफैँले पैसा दिएर गर्ने स्टिङ अप्रेसनलाई अवैध भनी सर्वोच्चले गरेको फैसलालाई आधार बनाइएको थियो । जुन फैसलामा न्यायाधीश डा. भट्टराई र बहसमा वरिष्ठ अधिवक्ता उप्रेती दुवैजना संलग्न नभएको पाइएको छ । संलग्न रहेको भन्दै प्रचर गरिएका नाममध्ये न्यायाधीश डा. भट्टराई, वरिष्ठ अधिवक्ता उप्रेती र मिडिया अध्यक्षहरूका तर्फबाट खण्डन भए पनि पूर्वप्रधनन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने त्यसमा कुनै खण्डन गरेका छैनन् । 

सिधाकुराले सार्वजनिक गरेको उक्त अडियो नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट ‘फेक’ प्रमाणित भइसकेको छ । अडियो कहाँ र के प्रयोजनका लागि बनेको थियो भन्ने अनुसन्धान नेपाल प्रहरीको साइबर ब्युरोबाट भइरहेको छ । ब्युरोको अनुसन्धान प्रतिवेदन फैसलाअघि आउन सक्ने सर्वोच्चका अधिकारीको विश्वास छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ‘द डार्क फाइल’ अनुसन्धानका लागि समिति नै गठन गरेको छ । त्यही समितिले अडियो फाइल ‘फेक’ भएको प्रतिवेदनसमेत महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेस गरेको हो ।  

प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट रिपोर्ट आइसकेपछि गत जेठ ३० गते न्यायाधीशहरू डा. कुमार चुडाल र विनोश शर्माको संयुक्त इजलासले अवहेलना मुद्दाको गम्भीर्यताका आधारमा बृहत् पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश गरेका थियो । विगतमा कान्तिपुर मिडियाविरुद्धको अवहेलना मुद्दामा सात सदस्यीय बृहत् पूर्ण इजलासबाट फैसला भएको थियो । त्योभन्दा ठूलो इजलासबाट फैसला हुने गरी नौ सदस्यीय बृहत् पूर्ण इजलास गठन हुने निर्णय भएको हो । 

गत जेठ ३० गतेको आदेशमा अनुसन्धान प्रयोजनका लागि अदालतमा रहेका सक्कल फाइल आवश्यक परेमा बृहत् पूर्ण इजलासबाट सुनुवाइ हुने अघिल्लो दिन पेस गर्नेगरी दिन पनि आदेश भएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro