site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गर्न सांसद कार्कीको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले बालविवाह गर्ने र गराउने दुवैलाई कडा कारबाही गर्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रूपमा रहेको भन्दै गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताएकी हुन् । 

उनले संविधान र कानुनमा बालविवाहलाई बर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको बताइन् । अहिले पनि बालविवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै उनले यसलाई पूर्णरूपमा रोक्नुपर्ने बताइन् । 

कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गर्दै सांसद कार्कीले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताइन् । 

“बालविवाह गर्ने, गराउनेलाई कडा कारबाही गरियोस् । कार्यान्वयमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । बालविवाहविरुद्धको लडाइँलाई नारामा मात्र सीमित नराखियोस्,” उनले भनिन् । सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताइन् । उनले विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro