कला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाईसँगै गितार दिएका हुन् ।
बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए । प्रधानमन्त्रीले भने, “युवापुस्ताका हरेक सुखदुःखमा साथमै रहन्छु ।”
प्रधानमन्त्रीले विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १०:१२
प्रतिक्रिया दिनुहोस्