site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार, मोडालिटी बनाउन बाँकी 
फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार भएको बताएका छन् । इरानको राजधानी तेहरानमा सोमबार रुसका उपविदेशमन्त्री एन्ड्रिई रुडेन्कोसँगको भेटमा उनले उक्त जानकारी दिएको परराष्ट्रमन्त्री श्रेष्ठले जनाएका हुन् । 

“रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार छ, तर मोडालिटी तय गर्नुपर्ने काम बाँकी रहेको भेटमा रुसी उपविदेशमन्त्रीले बताउनुभयो,” इरानबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले भने ।

रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको र सातजनाको प्रक्रिया अगाडि बढेको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । 

एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी परराष्ट्रमन्त्री श्रेष्ठ इरान गएका थिए । एसीडीको साइडलाइनमा उनले रुसका उपविदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् । 

यसअघि उनले रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरी रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्ने विषयमा कुराकानी गरेका थिए । 

“रुसी सेनामा कति नेपाली छन्, अवस्था कस्तो छ, जानकारी दिनुपर्‍यो । ज्यान गुमाएकाहरूको नेपालमा रहेका परिवारले परम्परागत रूपमा अन्तिम संस्कार गर्न पाउनुपर्‍यो । मृतककाे परिवार र घाइतेलाई क्षतिपूर्ति दिनुपर्‍यो  र रुसी सेनामा भर्ती भएका नेपालीको परिस्थितीलाई ध्यान दिएर सम्झौता खारेज गरेर फिर्ता पठाउनुपर्छ भन्ने कुरा मैले राखेको छु,” उनले भने ।

नेपाली नागरिकलाई परम्परागत रूपमा सम्झौता भएका देशबाहेक विदेशी सेनामा भर्ना वा सेवा गर्ने अनुमति नदिइएको जानकारी दोहोर्‍याएको समेत परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro