site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुवेतले थप दुई लाख नेपाली कामदार लैजाने, यसैवर्ष काठमाडौंमा दूतावास खोल्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कुवेतले नेपालबाट थप कामदार लैजाने भएको छ । इरानको राजधानी तेहरानमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएका हुन् ।

“कुवेतमा अहिले एक लाख नेपाली छन् । अब तीन लाख पुर्‍याउने लक्ष्य छ,” इरानबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

यस्तै, कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको उनले बताए ।

“उहाँले भेटमा कुवेतले यही वर्ष काठमाडौंमा दूतावास खोल्ने जानकारी गराउनुभएको छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने । 

एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी उन उनी तेहरान गएका थिए । एसीडीको साइडलाइनमा उनले कुवेतका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् । ‍

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro