site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको दाबी : मेरिटका आधारमा राजदूत सिफारिस, प्रश्न उठेकामाथि छलफल गरी सच्याइन्छ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हालै गरेको आठ देशका लागि नेपाली राजदूतको सिफारिस मेरिटको आधारमा गरेको दाबी गरेका छन् । 

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतमा सिफारिस गरिएकाहरू कुनै पार्टी विशेषको भागबण्डाका आधारमा नगरिएको समेत जनाए । “अहिले योग्य मान्छे दिनपर्‍यो भनेको हो । कति मेरिटमा परे परेनन् त्यो थाहा होला । कति म्यानपावरसँग जोडिएका छन् भन्ने प्रश्न उठेको छ, यो प्रश्नका विषयमा गम्भीर छलफल गरेर नियुक्ति सच्याइन्छ । मेरिटको आधारमा यो अगाडि बढोस् भन्ने चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने । 

राजदूत सिफारिस गर्दा ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिका आधारमा गरिँदै आएको उनले बताए । सत्ता र बाहिरका दलहरूले भागबण्डाको आधारमा राजदूत सिफारिस गरेको भन्ने आरोप लगाउँदा आफूलाई नमिठो लागेको उनले सुनाए । “आफू समीकरणमा हुँदा भागबण्डा नहुने, अरु हुँदा भागबण्डा हुने भाष्य बनाउने त्यति नैतिक र उचित हुन्छ जस्तो लाग्दैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro