site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ र भौतिकमन्त्रीलाई बजेट विनियोजन सकेसम्म करेक्सन गरौँ भनेको छु : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटको विनियोजनमा सम्भव भएसम्म करेक्सन गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले विनियोजनका विषयमा देखिएको आक्रोशलाई गम्भीर रूपमा लिएको बताए । 

“माननीय सदस्यहरूले आलोचना, टिप्पणी गर्नुभएको छ । आक्रोश पोख्नुभएको छ । कतिपयले बजेट वक्तव्यको पाठ नै च्यात्नुभएको छ । त्यो सबै परिदृश्य मैले गम्भीर रूपले हेरेको छु,” उनले भने । 

प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनलाई बजेट विनियोजनका विषयमा सकेसम्म सच्याउन भनेको जानकारी दिए । 

“सम्भव हुनेसम्म उपाय खोजेर सन्तुलित बनाउने कोसिस माननीय अर्थमन्त्रीलाई भनिराखेको छु । सम्भव हुनेसम्म करेक्सन गर्नुपर्छ,” उनले भने, “अलि बढी भौतिक मन्त्रालयसँग सम्बन्धित विषय सदनमा उठेको पनि सुनेको छु । मैले उपप्रधानमन्त्रीलाई हुन सक्ने जति कहाँ सकिन्छ, अलि बढी भएको ठाउँमा करेक्सन गरौं भनेको छु ।”

उनले महासेठले त्यसलाई सकारात्मक रूपमा लिएको बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro