राजनीति
काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने जानकारी गराइन् ।
अर्यालविरुद्ध आइतबार (हिजो) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ ११:१८
प्रतिक्रिया दिनुहोस्