site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भौतिक मन्त्रीलाई सांसद थापाको प्रश्न– रुकुम पूर्वलाई कहिलेसम्म उपेक्षा गर्ने ? 
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुसुमदेवी थापाले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई नेपालको भू–भागको विषयमा अनभिज्ञता रहेकाे भन्दै भ्रमणका लागि निम्ताे समेत दिएकी छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटसम्बन्धी रातो किताब हेर्दा सोही अनुभूति हुने बताइन् । बजेट विनियोजनमा अनुदार मन्त्री बनेको भन्दै उनले रुकुम पूर्वमा त्यहाँको भूगोल र अवस्था अवलोकन गर्न मन्त्री महासेठलाई निमन्त्रणा दिइन् । 

“जब भौतिक पूर्वाधार मन्त्रालयको रातो किताब हात पर्‍यो, मनमा एउटा गम्भीर प्रश्न उब्जियो । यो देशको मन्त्रीलाई नेपालको भूगोल, त्यहाँको अवस्थाको बारेमा यतिसम्म अनभिज्ञता पनि हुन सक्छ र ? देशको भू–भाग र अवस्थाबारे सामान्य जानकारी समेत नहुने कस्तो मन्त्री देशले पाएछ ?” उनको प्रश्न थियो । 

सांसद थापाले १६५ निर्वाचन क्षेत्र रणनैतिक सडक शीर्षकमा छुट्याइएको बजेटमा रुकुम पूर्व जिल्लालाई अलग राख्नुले त्यहाँका जनताले के भनेर बुझ्ने भन्दै प्रश्न गरिन् । उनले रुकुम पूर्व जिल्लालाई राज्यले कहिलेसम्म उपेक्षामा राख्ने हो भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro