site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायलको आक्रमण, ३८ जनाको मृत्यु

गाजा । गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना  मारिएको र थुप्रै घाइते भएको हमासले जनाएको छ ।

इजरायली सेनाले भने वारप्लेन मार्फत् हमासको मिलिटरी पूर्वाधार क्षेत्रमा आक्रमण गरिएको र घटनाको विस्तृत विवरण पछि जानकारी गराउने जनाएको छ । 

गाजाको सिभिल डिफेन्सका एक प्रवक्ताले अल साती क्षेत्रको आवासीय ब्लकमा आक्रमण भएको र सो क्षेत्र गाजाको शरणार्थी शिविर भएको जनाएका छन् । अर्को आक्रमण गरिएको क्षेत्र अल तुफाह जिल्लाका घरहरू भएको जनाइएको छ । 

सो क्षेत्रमा मानिसले घाइतेहरूलाई लिएर गइरहेको र क्षतिग्रस्त क्षेत्रमा जीवित खोज्ने काम गरिरहेको फुटेज देखिएका छन् । बाटोहरू धुलोले ढाकिएको जनाइएको छ ।  

इजरायली सञ्चार माध्यमले सो आक्रमण हमासका वरिष्ठ नेताहरू लक्षित भएको हुन सक्ने जनाएका छन् । गाजा क्षेत्रका सिभिल डिफेन्स प्रवक्ता हुसेन मुहाइसेनले सो आक्रमण ‘भूकम्प’ जस्तै भएको जनाएका छन् । बीबीसी
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro