site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्व बैंकको आईडीए–२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ? 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन् । 

चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकको उ्दघाटन गरेका थिए ।

मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरू सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए । दशकौँदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरूका लागि बैठक उपलब्धिमूलक भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले संसारभरबाट गरिबी र अविकास अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए ।

"गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरूका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौं भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु," उनले भने, ‘तपाईंहरूले अविकसित मुलुकहरूका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।"

Global Ime bank

बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरू विकास सझेदारहरूबाट विकास वित्त प्राप्त गर्दै आएका आईडीए मुलुकहरू र ऋण दाता मुलुकहरूका लागि खुसीको विषय भएको मन्त्री पुनले  बताए  । आईडीए मुलुकहरूलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्नलायक बनाउन बैठकले निकालेका निष्कर्ष प्रभावकारी हुने विश्वास उनको थियो ।

उनले धेरै आईडीए मुलुकहरूले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औँल्याए । उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए

"यी चुनौतीहरूका कारण विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताको प्रतिबद्धता माग गर्दछ," उनले भने ।

उनले आईडीए मुलुकका जनताका लागि विद्युत् पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे । मन्त्री पुनले जलवायु परिवर्तन, लैंगिक असमानता, गरिबी अन्त्यजस्ता एजेन्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय