site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संसारभर किन बढ्यो गर्मी ? अमेरिकादेखि ग्रीससम्मको अवस्था उस्तै
तस्बिर : ईपीए ।

काठमाडौं । संसारभर पछिल्लो समय गर्मी बढेको छ । अहिले विश्वका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम भएको पाइएको छ । मौसमविद्ले यसमा विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ)लाई कारण मानेका छन् ।

कतिपय स्थानमा पहिलाभन्दा बढी चिसो पनि महसुस गरिएको छ । तर, धेरै स्थानमा औसतभन्दा बढी तापक्रम देखिएको छ । बीबीसीको मौसम युनिटका अनुसार, यो अवस्था भनेको मौसम परिवर्तनको संकेत हो ।

भीषण गर्मीका कारण सन् २००३ मा युरोपमा करिब ३० हजार मानिसको मृत्यु भएको थियो । यस्तो क्रम लामो समयसम्म चल्दा जंगलमा डढेलोलगायत समस्या निम्तिएको छ । क्यालिफोर्निया क्षेत्रमा त्यस्तो समस्या देखिएको थियो । अहिले उत्तरी अमेरिका, दक्षिणी र पूर्वी एसिया तथा दक्षिणपूर्वी युरोपमा अत्यधिक तापक्रम देखिएको छ ।

Dabur Nepal
NIC Asia

उत्तर अमेरिका
पाँचमध्ये एक अमेरिकी अर्थात् ७० मिलियन मानिसले अहिले अधिक तापक्रमको अलर्ट व्यहोरिरहेका छन् । यस्तो चेतावनी क्यानडाका चार प्रान्त न्यु ब्रन्स्वीक, नोभा स्कोटिया, ओन्टारियो र क्युबेकले पनि व्यहोरिरहेका छन् ।

भारत
उत्तरी भारतले हालै एक हप्ता लामो ‘हिट वेभ’ भोग्यो । त्यहाँको तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको हाराहारीमा थियो । तातोसँगै ऊर्जाको खपत पनि बढेको छ । भारतमा गएको मार्चमा गर्मीयाम सुरु भएयता दर्जनौँ मानिसको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेश र उडिसामा मात्र यो महिनाको सुरुमा तीन दिनको अन्तरमा ५० जनाको मृत्यु भएको थियो ।

साउदी अरेबिया
हज गर्न गएका मुस्लिम समुदायको ठूलो संख्यामा अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । एएफपीका अनुसार, हज गर्न गएका करिब एक हजारभन्दा बढी तीर्थयात्रीको यसक्रममा मृत्यु भइसकेको छ ।

ग्रीस
युरोपेली मुलुक ग्रीसमा पनि हिट वेभका कारण केही व्यक्तिको मृत्यु भएको छ । अत्यधिक तापक्रमका कारण केही पर्यटकको समेत मृत्यु भएको छ । तीमध्ये ब्रिटिस टीभी र रेडियोका प्रस्तोता माइकल मोस्ली पनि थिए ।

त्यहाँ स्कुल बन्द गरिएको छ । लेस्भोस आइल्यान्डमा आगलागीको घटना पनि भएको छ । गर्मीमा अधिक हिट ग्रीसका निम्ति अनौठो भने होइन । मौसमविद्ले हाल उत्तरी अफ्रिकाबाट आएको वायुले तापक्रम माथि धकेलिरहेको जनाएका छन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro