site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा

काठमाडौं । एसआईआईपीएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रूपमा भित्र्याएको छ । बुधबार काठमाडौंस्थित एक कार्यक्रम आयोजना गरी आइसक्रिम औपचारिक बिक्री वितरण सुरुआत गर्ने जानकारी दिइएको हो ।

कार्यक्रममा सेलिब्रेटी, इन्फ़्लुएन्सर, एसआईपीपी एलका अध्यक्ष साैरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अली (सेल्स, मार्केटिङ तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका अतिथिहरूको उपस्थिति थियो ।

Argakhachi Cement Island Ad

क्वालिटी आइसक्रिम भारतको ग्रेभिस समूहअन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित एक प्रतिष्ठित ब्रान्ड हो ।  सन् १९७७ मा संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्रान्डको रूपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरूको रोजाइको ब्रान्ड बनेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिङ तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलीले नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाइ तथा अन्तरार्ष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तरार्ष्ट्रिय फ्लेभरका आइसक्रिमहरू भित्र्याएको बताए । 

क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकिज एन्ड क्रिमजस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू बिक्री गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्