site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीको विरोधको कारण प्रतिनिधिसभा बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं । कर्मचारीको आन्दोलनका कारण संसद् बैठक स्थगित गरिएको छ । बुधबार सदनको दुईवटा बैठक बसेको थियो । दोस्रो बैठक सञ्चालनमा संसद्का कर्मचारीहरूको विरोध बाधक बनेको छ । 

दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो । जसमा संसद् सचिवालयका कर्मचारीले बेलुका ५ बजेसम्म मात्र काम गरेका थिए । 

दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले उठेका प्रश्नहरूको जवाफ दिएका थिए । त्यसपश्चात् सांसदहरूले पूरक प्रश्न गरेपछि सदन बैठक अघि बढ्न सकेन ।  पूरक प्रश्न सकिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ब्लाक आउट गरेर सदन नचलाउँ भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । 

“कर्मचारीको विरोधका कारणले सदस्यहरूले बोलेको अभिव्यक्तिको प्रसारण बन्द भएको छ । प्रसारण बन्द गरेर सदन चलाउने कि नचलाउने सभामुख महोदय,” उनले भने, “भोलि पनि सदन चलाउन सक्छौँ, मन्त्रीको जवाफ लिन सक्छौँ । ब्लाक आउट गरेर सदन नचलाउँ सभामुख महोदय ।” 

त्यसपश्चात् सभामुख देवराज घिमिरेले स्वास्थ्य मन्त्रीको पूरक जवाफ नसुनी सदन बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । साथै कार्यसूचीमा रहेका बाँकी मन्त्रालयले दिने जवाफ विशेष कारणले सूचीबाट हटाइएको जानकारी उनले गराए । 

बैठकमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरूको जवाफ सुन्ने कार्यसूची रहेको थियो । 

सदनका कर्मचारीहरू सेवा सुविधालाई लिएर विगत केही दिनदेखि निरन्तर आन्दोलनमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro