site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडाको संसद्ले दियो निज्जरप्रति श्रद्धाञ्जली
फाइल तस्बिर

ओटावा । क्यानडाको संसद्ले खालिस्तान समर्थित नेता हरदीपसिंह निज्जरलाई श्रद्धाञ्जली दिएको छ । जुन १८ मा क्यानडाको संसद् हाउस अफ कमन्सका सभामुख ग्रेग फर्गसले भने, “सदनमा सबै दलका प्रतिनिधिबीच ब्रिटिश कोलम्बियामा मारिएका हरदीपसिंह निज्जरको सम्मानमा मौन धारण गर्ने सहमति भएको छ ।”

यसपछि संसद्का सबै सदस्यहरू उभिएर मौन धारण गरे । हरदीपसिंह निज्जरको २०२३ जुन १८ मा एक गुरुद्वाराको पार्किङमा गोली हानेर हत्या गरिएको थियो । निज्जर क्यानडाको भ्यान्कुभरस्थित गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।

Dabur Nepal
NIC Asia

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारका एजेन्ट सामेल भएको आरोप लगाएको थिए । यो आरोप क्यानडाका प्रधानमन्त्रीले सेप्टेम्बर २०२३ मा क्यानडाको संसद्‌मा बोल्ने क्रममा लगाएका थिए ।

यद्यपि, भारतले सो आरोप अस्वीकार गरेको छ । सो मामिलामा हत्यामा संलग्न भन्दै क्यानडा सरकारले तीनजना भारतीय नागरिकलाई गिरफ्तार गरेको छ । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro