site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलका प्रधानमन्त्रीले गरे युद्धकालीन मन्त्रिपरिषद् भंग
Benjamin Netanyahu
Argakhachi Cement Island Ad

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो युद्धकालीन मन्त्रिपरिषद् भंग गरेका छन् । इजरायली अधिकारीले सीएनएनलाई जानकारी गराएअनुसार, गएको हप्ता विपक्षी नेता बेन्नी गान्जले मन्त्रिपरिषद्बाट आफू फिर्ता भएको घोषणा गरेपछि नेतान्याहूले पछिल्लो कदम चालेका हुन् ।

राष्ट्रिय सुरक्षामन्त्री इतामर बेन ग्भीरले त्यसमा रहन अनुरोध गरेपछि पनि यो कदम चालिएको जनाइएको छ । युद्धकालीन सरकार इजरायल र हमासबीच युद्ध सुरु भएको पाँच दिनपछि बनाइएको थियो । त्यसमा नेतान्याहू र गान्ज मात्र होइन, रक्षामन्त्री योअभ गालेन्ट पनि सहभागी थिए ।

अरू राजनीतिज्ञ गाडी इल्सेनकोट र रोन डर्मर पनि त्यसमा अब्जर्भर (पर्यवेक्षक)को भूमिकामा थिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्