site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पन्नू हत्या प्रयास : भारतीय नागरिक अमेरिकालाई सुपुर्दगी

न्युयोर्क । खालिस्तान समर्थित नेता गुरपतवन्त सिंह पन्नूको हत्याको षड्यन्त्रमा सामेल आरोपित भारतीय नागरिक निखिल गुप्तालाई चेक रिपब्लिकले अमेरिकामा सुपुर्दगी गरेको छ ।

मिडिया रिपोर्टले जनाएअनुसार, ५२ वर्षीय गुप्तालाई अघिल्लो वर्ष अमेरिकी सरकारको अनुरोधमा चेक सरकारले गिरफ्तार गरेको थियो । सोमबार (आज) उनलाई न्युयोर्कस्थित संघीय अदालतमा पेस गरिने सम्भावना छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी नागरिक पन्नूको हत्या प्रयासबारे भारत र अमेरिकाले यसअघि एकार्काविरुद्ध विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

सुपुर्दगी गरिएका गुप्ता न्युयोर्कस्थित ब्रुकलिनको फेडरल मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा बन्दी छन् । त्यहाँ उनलाई कैदीका रूपमा सूचीकृत गरिएको छ । उनको सुपुर्दगीका विषयमा सबैभन्दा पहिला वासिङटन पोस्टले समाचार प्रकाशन गरेको थियो ।

उक्त अखबारमा लेखिएको थियो, “गुप्ता – जसलाई चेक रिपब्लिकमा हिरासतमा लिइएको थियो, उनलाई न्युयोर्क ल्याइएको छ । उक्त मामिलाबारे जानकार एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएअनुसार, आम रूपमा प्रत्यार्पित अभियुक्तलाई देशमा आएपछि एक दिनभित्र अदालतमा पेस गर्नुपर्छ ।”

अभियोजकको आरोपअनुसार, गुप्ताले अमेरिकामा रहेका पन्नूको हत्या गर्न ‘सुपारी’ दिएका थिए । उनले ‘एड्भान्स’का रूपमा १५ हजार डलर दिएको र यो मामिलामा भारत सरकारका एक अधिकारी पनि सामेल रहेको जिकिर गरिएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्