site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुदूरपश्चिमको बजेट ३१ अर्ब (पूर्णपाठ)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३१ अर्ब रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब सात करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ७० लाख १० हजार रुपैयाँ छुट्ट्याइएको उनले बताए ।

Argakhachi Cement Island Ad

विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० लाख, नेपाल सरकारको राजस्व बाँडफाँटबाट नौ अर्ब ९९ करोड, संघीय रोयल्टी बाँडफाँटबाट चार करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रहेको मन्त्री पालले बताए ।

चालु वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड, सर्सत अनुदान तीन अर्ब १३ करोड, संघीय समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अनुमान गरिएको उनले बताए ।

बजेटमा प्रदेश सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, जलविद्युत्लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको मन्त्री पालले जानकारी दिए । हिमालयन टेली भ्वाइस

पूर्णपाठ पढ्नोस्

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्