site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय पर्यटकलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : धवलशमशेर राणा
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले भारतीय पर्यटकलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भारतीय पर्यटकहरू भू–मार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताएका हुन् ।

भारतीय पर्यटकलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताउँदै उनले पर्यटकलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद राणाले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे 

“हामी छिमेकी मुलुकका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल–बगलमा छन् । तर, हामीले सहजीकरण गर्दैनौँ । ल्यान्ड रुटबाट भारतीय पर्यटक मोटरमा आउँदाखेरि नेपालमा डाका पसेजस्तो व्यवहार गरिन्छ । १० ठाउँमा चेकिङ गरिन्छ,” उनले भने, “यसमा सरकारले ध्यान दिनुपर्छ । हामीले के नियम गरेको छौँ ? ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पाइन्छ । ५०० को नोट ल्यायो भने बोर्डरमा सशस्त्रले समातेर दुर्व्यवहार गर्छ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro