site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पशुपति विकास कोषलाई दुहुनो गाई बनाइयो : अमरेशकुमार सिंह
फाइल तस्बिर ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।

उनले जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए । उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउन नहुनेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

"जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ," सिंहल भने ।

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँगाउँमा पुर्‍याउनुपर्ने पनि बताए । उले तराईका पछाडि परेका समुदायसमक्ष सञ्चारको पहुँच सहजरूपमा पुर्‍याउनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro