site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ : योगेश भट्टराई
फाइल तस्बिर

काठमाडौं । एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्राकृतिक विपत्तिबाट बच्नका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा भट्टराईले पहाडी र हिमाली जिल्लाहरू प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन दिनु नहुने भन्दै उनले दुर्गम पहाडी जिल्लाहरूमा विपद्का घटना घट्दा समयमै उद्धार गर्नसक्ने अवस्था नभएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

“विपद् प्राधिकरण जो हामीले बनाएका छौँ, त्यसमा पर्याप्त मात्रामा जनशक्ति, साधन, स्रोतको अभावको कारणले समयमै उद्धार गर्नसक्ने अवस्था बनिरहेको छैन । दुर्गम पहाडी जिल्लाहरूमा यसप्रति सरकारको ध्यान जाओस्,” उनले भने, “ पहाडी, हिमाली जिल्लाहरु प्राकृतिक विपत्तिको उच्च जोखिममा छन् । ति जिल्लाहरुको जनजीवनलाई सुरक्षित आवास गर्नको निम्ति एकीकृत बस्ती विकासको कार्यक्रमतिर जानुपर्छ भन्ने सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छु ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro